arrow

फुटपाथ विस्तारको विरोध

जहाँ मेयरको पुत्ला जलाइन्छ, वडाध्यक्ष डोजरमाथि चढेर विरोध गर्छन् [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ५ शनिबार
newroad-footpath-expantion-.jpg

काठमाडौँ । काठमाडौँको न्यूरोड क्षेत्रमा तनाव बढेको छ । अदालतको आदेशपछि शुरु भएको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् । महानगरपालिकाले फुटपाथ फराकिलो गरिरहेको बेला शुक्रबार स्थानीयले विरोध गरेर काममा अवरोध गरे । वडाध्यक्षले डोजरमा चढेर विरोध गरे । अनि मेयरको पुत्ला जलाइयो । 

जबकि यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडि बढाएको थियो । त्यस्तै यसअघि फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो ।

सडकलाई पैदलमयमैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते डिभिजन सडक कार्यालय, काठमाडौँले भौतिक रुपमा हस्तक्षेप गरेको थियो ।

यसपछि काम रोक्नका लागि १३ गते र १६ गते गरी २ वटा पत्र पठायो ।  डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । 
तर शुक्रबार त अति नै भयो । मेयर वालेन्द्र साह (बालेन) को स्थानीयले पुत्ला नै दहन गरे । 

त्यस्तै वडाध्यक्ष चिनकाजी महर्जन आफैँ डोजरमाथि चढेर विरोध गरे । विरोधका क्रममा स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको थियो । 
 
काठमाडौँ महानगरको  डोजर आएपछि स्थानीय  र नगर प्रहरीबीच धकेलाधकेल भएको हो । यो क्रम पटक पटक दोहोरियो । 

newroad-footpath-expantion-agitation-81-4-4 (1).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (1).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (2).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (2).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (3).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (3).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (4).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (4).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (5).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (5).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (6).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (6).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (7).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (7).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (8).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (8).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (9).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (9).jpg
newroad-footpath-expantion-agitation-81-4-4 (10).jpeg
newroad-footpath-expantion-agitation-81-4-4 (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ