arrow

मनमा लुटाउन देऊ

logo
शिरिष विलास,
प्रकाशित २०८१ साउन ५ शनिबार
shirish-vilash-81-4-5.jpg

तेसै त फर्केर हेर्ने छैन मेरो बानी 
तर जब तिम्रो सौन्दर्य देख्छु
तब बारम्बार फर्केर हेर्छु

तेसै त गन्तब्य बिना हिँड्ने छैन मेरो बानी
तर जब तिम्रो लजालु मुस्कान देख्छु
तब बेहोशीमा आफ्नो दिशा भुलिदिन्छु

साथी भाइ सोध्छन् के भयो एस्लाई
साथी भाइ सोध्चन् के भयो एस्लाई
किन देख्छ एकाबिहानै सपना

स्वर्गको परीले मग्न मुग्द बनायो मलाई
स्वर्गको परीले मग्न मुग्ध बनायो मलाई
मनमै गरेँ मायाको मन्दिरको स्थापना

सपना बनी तिम्रो मृगनयनी आँखामा बस्न देऊ
हावा बनी तिम्रो मुलायम केशमा लहराउन देऊ
संसारको सबै खुशी समेट्ने मन छ मेरो
यो सबै खुशी तिम्रो मनमा लुटाउन देऊ
यो सबै खुशी तिम्रो मन मा लुटाउन देऊ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ