arrow

बुद्धिचालमा घिमिरे च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ६ आइतबार
buddhichal-champainship.jpg

पोखरा । पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन् । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार समापन भएको हो ।

अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे) को १००औँ वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जितेका हुन् । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा-१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अङ्क प्राप्त गरेका थिए ।

कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी यु-१६ तर्फ सङ्गम सिम्खडा, यु-१४ तर्फ सङ्कल्प श्रेष्ठ र यु-१० तर्फ प्रशंसा भण्डारीले उपाधि जिते । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाए ।

विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ । अर्थात् खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ