arrow

दुई सय २२ जनावरको उद्धार, ७६ मरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ७ सोमबार
wildlife-chitwan-national-p.jpg

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावार मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल मरेका थिए । 

यसैगरी सो अवधिमा  गैँडा २१ मरेका छन् । ती मध्ये १८ प्राकृतिक कारणले हो भने दुई चोरी सिकारीले र एउटाको कारण खुल्न नसकेको उनले बताए । यसैगरी प्राकृतिक कारणले आठ बाघ मरेका छन् । रतुवा छवटा मरेको अवस्थामा भेटिएको उनले बताए । ती सबै प्राकृतिक कारणले मरेका हुन् । पाँचवटा हात्ती र जरायो चारवटा प्राकृतिक कारणले मरेका छन् ।

यसै अवधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही दुई, बँदेल एक, लगुना एक र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको सूचना अधिकारी तिवारीले बताए । 

मृतावस्थामा भेटिएका जनावारमध्ये ७० जनावार प्राकृतिक कारणले, दुई चोरी सिकारीले, दुई कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको उनले जानकारी दिए ।

गत वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै अजिङ्गर एक सय ४१ छन् ।

 ३३ सर्प, ११–११ बाघ र मगर गोहीको उद्धार गरिएको उनले बताए । चित्तल छवटा, गैँडा तीनवटा, जरायो, बँदेल र चितुवा दुई–दुईवटा, सुन कछुवा र घडियाल गोही एक–एकवटाको उद्धार गरिएको छ । अन्य जनावार नौवटाको उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ