arrow

सौर्य एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
sourya-air-acident.jpg

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । 

दुर्घटना अहिलेसम्म कम्तीमा १६ जनाको शव निकालिएको छ । अग्नि नियन्त्रकहरूले कम्तीमा १६ जनाको शव निकालेको र अन्यको उद्धारको क्रममा रहेको नागरिक उड्डयनका उपनिर्देशक सञ्जय कुमारले जानकारी दिए । 

बुधवार प्राविधिक मर्मत सम्भारका लागि काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्स ९एन—एएमई-सिआरजे२०० विमान रनवे ०२ बाट उडान भर्ने क्रममा रनवे २० को पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।

एयरलाइन्सको जहाजबाट क्याप्टेनलाई सकुशल उद्धार गरिएको छ । पोखरा जान लागेको जहाजले भुइँ छोड्ने क्रममै आगलागी भएर दुर्घटना ग्रस्त हुँदा जहाज पूर्ण रुपले क्षतिग्रस्त भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ