arrow

हेजबुल्लाहसँग सम्बन्धित इस्लामवादी समूहलाई प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ९ बुधबार
islamic-revolutionary-guard-corps-IRGC.jpg
तस्बिर – फाइल ।

बर्लिन । जर्मनीले लेबनानको इरान समर्थित हेजबुल्लाह समूहलाई समर्थन गरेको आरोपमा मुस्लिम धार्मिक सङ्गठन ‘ह्याम्बर्ग इस्लामिक केन्द्र’लाई बुधबार प्रतिबन्ध लगाएको छ । 

“संविधान विरोधी उद्देश्यहरू पछ्याउने इस्लामवादी चरमपन्थी सङ्गठन भएकाले ह्याम्बर्ग इस्लामिक केन्द्र र यससँग सम्बद्ध संस्थाहरूलाई जर्मनीभरी प्रतिबन्ध लगाइएको छ,” आन्तरिक मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

उक्त समूहले इरानका क्रान्तिकारी नेताको प्रत्यक्ष प्रतिनिधित्व गर्ने गरेको र तेहरानको विचारधारालाई पनि आक्रामक र उग्रवादी ढङ्गले फैलाएको आरोप मन्त्रालयले लगाएको छ ।

जर्मनीका अनुसन्धानकर्ताले बुधबार जर्मनीभरी केन्द्रसँग सम्बन्धित मानिएका ५३ वटा स्थानमा छापा मारेका थिए । 

जर्मनीले हेजबुल्लाहलाई ‘शिया आतङ्कवादी सङ्गठन’ रहेको दाबी गर्दछ र सन् २०२०  मा यस समूहलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाएको थियो । 

सन् १९५३ मा इरानी आप्रवासीहरूद्वारा स्थापित ह्याम्बर्ग इस्लामिक केन्द्र केही समयदेखि घरेलु गुप्तचरद्वारा निगरानीमा रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ