arrow

नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १० बिहिबार
socialist-party-11-22.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बस्नेछ । 

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने बारेमा छलफल हुनेछ । केन्द्रीय सदस्यका लागि प्रदेशहरूले पठाएका नाममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेता प्रमेश हमाललगायत नेताहरूले छनोट गरेर केन्द्रीय कमिटी बैठकमा नामहरू पेश गर्ने बताइएको छ । 

साथै पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ