arrow

ग्लोबल आईएमई बैंकको सञ्चालकमा भागिरथी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
bhagirathi-bhattarai-gyawali-ime-owner.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंकको स्वतन्त्र/महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छिन् । 

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर ज्ञवाली लामो समयदेखि दर्जनौँ सामाजिक संघसंस्थामा रहेर काम गरेकी छिन् ।  

ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आईएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ । 

बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ