arrow

मौद्रिक नीति सार्वजनिक (पूर्ण पाठ)

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy-2081-82.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । त्यसअघि राष्ट्र बैङ्कको सञ्चालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको सञ्चिति बढेको र वित्तीय संस्थाहरूमा तरलता बढेकाले ब्याजदर घट्दो क्रममा रहेको बताएका छन् ।

उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए ।

उनले मुद्रा स्मृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी बस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको सञ्चिति राख्ने नीति लिएको जानकारी दिएका छन् ।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ