arrow

आरआरपीको सीमा अढाई करोड पुग्यो, कहाँ कहाँ पुग्छ राहत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy-2081-82.jpg
तस्बिर : फाइल

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले रेगुलेटरी रिटेल पोर्टफोलियो (आरआरपी) को सीमा बढाएको छ। हाल २ करोड रुपैयाँ रहेको उक्त पोर्टफोलियोलाई बढाएर २ करोड ५० लाख पुर्‍याएको हो। 

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत यसलाई १ करोडबाट बढाएर २ करोड पुर्‍याइएको थियो । अहिले थप ५० करोड रुपैयाँ बढाइएको हो।

यो व्यवस्था अन्तर्गत अब २ करोड ५० लाखसम्म ऋण भएका निश्चित प्रयोजनका ऋणहरूको जोखिम भार ७५ प्रतिशत कायम हुनेछ । यसले गर्दा त्यसरी लिइएको ऋणले पर्ने पुँजी कोषको चाप कम भई बैङ्कहरूको ऋण दिने क्षमता विस्तार हुनेछ । 

साथै प्रोभिजनिङ कम हुँदा यसले नाफामा समेत सामान्य प्रभाव पार्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ