arrow

खराब कर्जासम्बन्धी समस्या सल्टियो, ऋण तिर्ने बित्तिकै सूक्ष्म निगरानी कर्जामा परिवर्तन हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy-81-82.jpg

काठमाडौँ। खराब कर्जा उठे पनि तत्कालै असल कर्जामा वर्गीकरण गर्न ६ महिना कुर्नुपर्ने व्यवस्था हटेको छ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो । 

यसअघि निष्क्रिय कर्जामा वर्गीकरण भएको कर्जा चुक्ता भए पनि ६ महिनासम्म असर वर्गमा समावेश गर्न नपाइने व्यवस्था थियो । यो व्यवस्थालाई परिवर्तन गर्दै त्यस्तो कर्जालाई सूक्ष्म निगरानी कर्जाको रूपमा व्याख्या गर्न पाउने व्यवस्था गरेको हो । 

यसरी वर्गीकरण गर्दा ऋणको ५ प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्छ । त्यसभन्दा माथि कमसल कर्जाका लागि २५ प्रतिशत, शङ्कास्पद कर्जाका लागि ५० प्रतिशत र खराब कर्जाका लागि शतप्रतिशत प्रोभिजनिङ गरिराख्नुपर्ने व्यवस्था थियो । 

अब यसरी निष्क्रिय वर्गमा पुगेका ग्राहकले ऋण तिरेमा आगामी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा पर्नेछन् । सो अवधिसम्म किस्ता नियमित भएमा असल वर्गमा पुग्नेछन् । 

मौद्रिक नीतिमा भनिएको छ, ‘निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्था मिलाइने छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ