arrow

बैङ्कले लिलामी गरेको सम्पत्ति बेच्ने कम्पनी खोल्न छुट्टै ऐन ल्याइने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
nrb-maha-prasad-adhikari-monetary-policy.jpg

काठमाडौँ। बैङ्क तथा वित्तीय संस्थाले दिएको ऋण नउठ्दा जफत गरिएको धितोबापतको सम्पत्तिलाई बिक्री गर्न छुट्टै ऐन बनाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैङ्किङ सम्पत्ति व्यवस्थापन गर्नका लागि यस्तो कम्पनी स्थापना गर्ने उल्लेख गरेको हो । 

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले ‘सम्पत्ति
व्यवस्थापन कम्पनी स्थापना गर्ने प्रयोजनका लागि ‘सम्पत्ति व्यवस्थापन ऐन’को मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेस गरिने’ उल्लेख गरे । 

यस्तो कम्पनी स्थापनाका लागि बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन अन्तर्गत स्थापना हुने कम्पनी पर्याप्त नहुने भन्दै यसका लागि छुट्टै ऐन आवश्यक पर्ने गभर्नर अधिकारीले बताउँदै आएका थिए । मौद्रिक नीतिले पहिलोपल्ट यो व्यवस्थालाई समावेश गर्दै छुट्टै कानूनको आवश्यकता महसुस गरेको हो । 

यस्तो कम्पनीबारे विगतदेखि नै बैङ्कर्स तथा व्यवसायीहरूले माग राख्दै आएका थिए । तर, विद्यमान ऐनअनुसार कम्पनी स्थापना गर्दा यो ‘रियल स्टेट कम्पनी’ मा रूपान्तरण हुनसक्ने भय रहेको भन्दै यसका लागि छुट्टै ऐन ल्याउनुपर्ने अधिकारीको भनाइए थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ