arrow

मौद्रिक नीति सकारात्मक छ, निजी क्षेत्रको आत्मबल बढाउँछ- चन्द्र ढकाल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ११ शुक्रबार
chandra-dhakal-04-11.jpg

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले कर्जा बिस्तारलाई सहज बनाउने गरी सकारात्मक मौद्रिक नीति ल्याएको धारणा राखेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१-०८२को मौद्रिक नीति सार्वजनिक गरेपश्चात् प्रारम्भिक प्रतिक्रिया दिँदै यस्तो बताए।

उनले १२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य सकारात्मक रहेको बताए । उनले निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको भन्दै मौद्रिक नीतिको स्वागत गरे । उनले बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म बनाउनु बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजिकरण गर्नु राम्रो पक्ष भएको बताए । 

उनले विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न सक्ने लक्ष्य राखेको बताए । उनले समग्रमा मौद्रिक नीति बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिएको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गरिने व्यवस्था गर्नु सकारात्मक पक्ष रहेको बताए । उनले शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेजले लगानीको वातावरण बनेको बताए । उनले निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर समाधान गर्न मौद्रिक नीतिले सहजिकरण गरेकाले केही हदसम्म भएपनि निजी क्षेत्रको आत्मबल बढ्ने विश्वास रहेको बताए । उनले मौद्रिक नीतिले महासंघले दिएका सुझावलाई थोरै भएपनि सम्बोधन गर्न खोजेको देखिएको उल्लेख गरे । उनले मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरु सर्कुलरमा त्यही अनुसार आउन आश्वयक रहेको बताए ।

उनले भने,‘१२.५ प्रतिशतको निजी क्षेत्रमा कर्जा बिस्तार गर्ने लक्ष्य राखेको देखियो । निर्माण व्यवसायीहरूको समस्यालाई मौद्रिक नीतिमार्फत सम्बोधन गरेको देखियो । बैंकको असल कर्जा गणना गर्ने प्रक्रिया ६ महिनासम्म भनेको थियो । त्यसले बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिने ऋणहरूको लागि सहजिकरण गरेको देखियो । विदेशी विनिमय सञ्चिति ७ महिनाको आयात धान्न सक्ने लक्ष्य राखेको छ । यसरी हेर्दा मौद्रिक नीतिले बैंकहरुको कर्जा बिस्तार गराउने र माग बढाउन सहयोग पुग्ने देखिन्छ । निजी क्षेत्रले उठाउँदै आएको चालु पुँजीकर्जा मार्ग निर्देशन परिमार्जन गर्ने भनिएको छ । मौद्रिक नीतिले सकारात्मक देखिएको छ । शेयर बजारमा संस्थागत कर्जाको सीमा खारेज गरेको छ । त्यसले पनि मौद्रिक नीति सकारात्मक छ । निर्माण क्षेत्रको समस्याले समग्र अर्थतन्त्रमा असर बनाएको थियो । त्यसलाई मौद्रिक नीतिले सम्बोधन गरेको छ । मौद्रिक नीतिले महासङ्घले दिएका सुझावलाई सम्बोधन गर्न खोजेको छ । मौद्रिक नीतिमा व्यवस्था भएका व्यवस्थाहरू सर्कुलरमा नआउने गरेको छ । सर्कुलरमा पनि त्यही अनुसार आउनुपर्छ । मौद्रिक नीतिले मात्रै निजी क्षेत्रको आत्मबल बढाउने होइन । सरकारको स्थिर नीति लगायत स्थिर सरकारले फरक पर्छ । मौद्रिक नीति सहज आएको छ । त्यसले केही हदसम्म आत्मबल बढाउन सहयोग पुर्‍याउँछ ।’


उनले अस्थिर सरकार र नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मौद्रिक नीतिले गरेका व्यवस्थाले थोरै मनोबल माथि उठ्न मद्दत पुग्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ