arrow

अभाव 

logo
कविता गौतम, 
प्रकाशित २०८१ साउन १२ शनिबार
kabita-gautam-81-4-12.jpg

यहाँ सबैलाई कसै न कसैको
अभाव छ !
कसैलाई मायाको 
कसैलाई चोटको 
कसैलाई ऐयाको
यहाँ समय त सबैलाई 
एक हुँदैन 
कसैलाई दौडिएको घडी
 त कसैलाई रोकिएको पहर
यहाँ सबैलाई कसै न कसैको 
अभाव छ !
कसैलाई घडीको त
कसैलाई समयको
कसैलाई भोजनको त
कसैलाई भोकको
कसैलाई सिरानीको त
कसैलाई निन्द्राको
कसैलाई पानीको त
कसैलाई तिर्खाको
यहाँ सबैलाई कसै न कसैको 
अभाव छ !
कसैलाई जितको त
कसैलाई अवसरको 
कसैलाई हारको त
कसैलाई प्रयासको
यहाँ सबैलाई कसै न कसैको 
अभाव छ !
यहाँ मर्नेलाई ज्यानको अभाव छ 
अनि बाँच्नेलाई जीवनको...!


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ