- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
म विचलित हुँदै
कहिले यता भौतारिँछु
कहिले उता भौतारिँछु
केवल पखाईमा
असमन्जस्यबीचमा
मेरो मनमा चलेका
द्वन्द्वहरुलाई केवल
सम्झाउन
प्रार्थना गर्छु
आज मेरो भाइ
गाडी चढेर आउँदै छ
भोलि मेरो दाइ
जहाज चढेर
१२ वर्षपछि फर्कदै छ
मेरा मनमा
अनेक तरङ्गहरु
पछाडमछाड गर्दै
मानसपटलसम्म
ठोक्किन पुग्छन् ।