arrow

पाइला

logo
शिरिष विलास,
प्रकाशित २०८१ साउन १२ शनिबार
shirish-vilas-81-4-12.jpg

कहाँको यात्रा मेरो, कुन गन्तब्य हो 
कहाँको आरम्भ मेरो, कुन अन्त्य हो 
जीवनभर नियतिको खोजीमा हिडेँ 
कति अल्मलिएँ, कति खोजेँ,
हिँडिराखेँ, हिँडी नै राखेँ  
अझै पनि दृष्टि यो खोज्छ त्यो बाटो
अझै पनि दृष्टि यो खोज्छ त्यो बाटो
पाइला भने अघि सर्न मान्छ गाह्रो
थकित मन पनि भन्छ मेरो
अब तिम्रो विश्रामको पालो
उज्यालोमा आत्तिन्छ मन यो सारो
अँध्यारोमा देख्न छ धेरै गाह्रो
जीवनको यो मोड छ सारो अप्ठ्यारो
हिँडिराख्ने राख्ने पाइलामा धेरै तगारो
यो यात्राको देखिन्न ‘अन्त्य’ यति शीघ्र
पाइला थाक्छ तैपनि हिँड्छु
मनले विश्राम खोज्छ तैपनि हिँडछु 
हिँडिराख्छु, हिँडि नै राख्छु ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ