arrow

भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर - पर्यटनमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
badri-andey-04-12.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । 

शनिबार काठमाडौँमा आायोजित एक कार्यक्रममा उनले सरकारले ढुकुटी बलियो हुने आधारमा मात्रै पुँजीगत खर्च र योजना बनाउने गरिएको भन्दै अर्थतन्त्रलाई सुदृढ गर्नका लागि भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रत्याभूति गराउनुपर्ने आवश्यकता औँल्याए । उनले विश्वविद्यालयका विभिन्न विभागहरूले आफ्नो क्षेत्रसँग सम्बन्धित रहेर पनि सरकारलाई सुझाव दिन सक्ने बताए । 

उनले प्रज्ञा प्रतिष्ठानलाई विशुद्ध प्राज्ञिक थलो बनाउन जोड दिनुपर्ने बताए । उनले प्राज्ञिक सभाले गणतन्त्र र लोकतन्त्रको चर्चा गर्न राजनीतिक व्यक्तिलाई दिन आग्रह गर्दै प्राज्ञिक कुरामा ध्यान दिन निर्देशन दिनुभयो । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, सङ्गीत, नाट्यविधाको चर्चा गर्न आग्रह गरे । 

उनले भने, ‘हाम्रो पुँजीगत खर्च, हामीले योजना त बनाएका छौँ, कार्यक्रम त दिएका छौँ । तर त्यो ऋणात्मक हिसाबले हो । भोलि उठिहाल्ला, जुटिहाल्ला । ढुकुटी बलियो भइहाल्ला भन्ने आधारमा यही अर्थतन्त्र बलियो बनाउने गरी, अर्थतन्त्रलाई सुदृढ गर्ने गरी काम अघि बढाउनुपर्नेछ । त्यसका लागि सरकारले राजनीतिक नेतृत्वले लिनुपर्ने बाटो भनेकै भ्रष्टाचारको न्यूनीकरण गर्ने र सुशासनको प्रत्याभूति गर्ने काम सरकारले दृढतापूर्वक गर्नुपर्छ । यस सन्दर्भमा पनि प्राज्ञहरूले विशेष ध्यान दिनुपर्छ । यद्यपि प्राज्ञहरूको राजनीतिक काम होइन । तर कतै राजनीतिक व्यक्तिहरू आफ्नो कर्तव्यबाट च्युत भए कर्तव्य सम्झाउन त्यो प्राज्ञिक कोणबाट सचेत गराउनुपर्छ । विश्वविद्यालयहरू सतत: आफ्नो कर्तव्यनिष्ठ छन् ? आवश्यक ठाउँमा सुझाव दिइरहेका छैनन् । तीन वटै प्रज्ञा प्रतिष्ठानहरू कसरी अघि बढ्न सकिन्छ,हामीले साँच्चि नै प्राज्ञिक काम गरिरहेका छौँ । हाम्रा सजगता, सीमाहरू प्राज्ञिक काम गर्नका लागि के हुन् । प्राज्ञिक काम गर्न विशुद्ध प्राज्ञिक थलो बनाउन गर्नुपर्ने काम के हुन् । यसको दोषी तपाईँहरू होइन, यसको दोषी सिंगो राज्य संयन्त्र हो । विशेष गरी राजनीतिक नेतृत्व हो । हामी हौँ । यी थलोलाई हामीले प्राज्ञिक दिशामा लिएर जानुपर्छ । गणतन्त्र र लोकतन्त्रको चर्चा राजनीतिक मान्छेलाई गर्न दिनुस् । गणतन्त्र र लोकतन्त्रको चर्चाको सीमाबाट धेरै माथि उठेर साहित्य, दर्शन, सामाजिक शास्त्र, संस्कृति, सङ्गीत, नाट्यविधाको चर्चा गर्नुपर्छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ