arrow

कुमारी बैङ्क र बुद्ध एयरबीच सहकार्य : ग्राहकहरूलाई हवाई टिकटमा ८ प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १२ शनिबार
kumari-bank-buddha-air-8-percent-discount.jpg

काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र बुद्ध एयर बीच विशेष छुटको सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैङ्कका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा ८ प्रतिशत सर्तसहित छुट प्रदान गरिने भएको छ।

बैङ्कका अनुसार ग्राहक र उनीहरूको परिवार (बुवा, आमा, श्रीमती, छोरा-छोरी) ले कुमारी बैङ्कको डेबिट-क्रेडिट कार्ड अथवा क्युआर कोड प्रयोग गरी बुद्ध एयरको काउन्टरबाट प्लेन टिकट खरिद गर्दा यो छुट प्राप्त गर्न सक्नेछन्। छुट लिनको लागि ग्राहकहरूले कुमारी बैङ्कको डेबिट-क्रेडिट-प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ।

कुमारी बैङ्कले यो सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्नेमा विश्वास व्यक्त गरेको छ।

२२ वर्षदेखि निरन्तर बैङ्किङ सेवा दिँदै आएको कुमारी बैङ्कले देशभर रहेका ३०२ शाखा, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैङ्किङ इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आएको छ। बैङ्कले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ