arrow

यो संविधानमा आघात पुर्‍याउने काम नहोस् - माधव नेपाल

देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १३ आइतबार
madhav-nepal-03-16.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा आघात पुर्‍याउने काम कसैबाट पनि हुन नहुने बताएका छन् ।  अध्यक्ष नेपालले संविधान संशोधनलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई एमालेसँगको सत्ता सहकार्यबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।

नेपालले सत्तारुढ दलप्रति लक्षित गर्दै संविधानमाथि आघात पुर्‍याउने कुनै पनि सैह्य नहुने बताए । उनले संविधान संशोधन जस्तो विषयलाई गुपचुपमा गर्न नसकिनेतर्फ पनि कांग्रेस एमालेलाई सचेत गराए । 

देउवाको शरीर एमालेतिर भए पनि भावना आफूहरूसँग रहेको जिकिर गर्दै अध्यक्ष नेपालले सत्ता सहकार्य राम्रो मनसायले भएको को कि होइन ? भनेर बुझ्नुपर्ने बताए । देउवालाई आफूले बोलाएको जानकारी दिँदै उनले केपी ओलीले नकारात्मक रूपमा लिन्छन् कि भनेर अत्तालिएको हुनसक्ने टिप्पणी पनि गरे ।

अध्यक्ष नेपालले भने, ‘हामीले व्यापक रूपमा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्नका लागि, एकताबद्ध हुनुअघि सहकार्य गर्नका लागि, सकिन्छ भने मोर्चा बनाएर अघि बढ्नका लागि हामी तयार भएर अघि बढ्न जरुरी छ । जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टी दुई वटैले समाजवादको कुरा लिँदै अगाडि बढिरहनुभएको छ । मार्क्सवाद, लेनिनवादलाई पनि अङ्गीकार गर्नु भएको छ । र, वैज्ञानिक समाजवादको यात्रामा जानुपर्छ भनेर भन्नुभएको छ । पृष्ठभूमिको हिसाबले पनि उहाँहरु जोडिनुभएको हुनाले हामीले उनहरुलाई यहाँ बोलाएका हौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई पनि बोलाएका थियौं । शेरबहादुरजी आत्तिनुभएको होला । यहाँ आयो भने केपी ओलीले फेरि नकारात्मक रूपमा लिन्छन् कि भन्ने ठान्नुभएको होला । हामी बुझ्दछौँ यी सबै कुराहरू । यो मुटुको धड्कन अलिअलि बुझिहालिन्छ । त्यसो हुनाले केही फरक पर्नेवाला छैन । शेरबहादुर जी तपाई आउन नपाए पनि तपाईँको भावना हामीसँग छ भन्ने ठानेका छौं । शरीर त्यहीँ छ, मन यता पट्टी छ । त्यसो भएको हुनाले अहिले नेपालको राजनीतिमा जुन प्रयास गर्नु भएको छ । त्यो राम्रो मनसायले हो कि होइन राम्री बुझ्नु होला । यो संविधान संशोधन जस्तो विषय गोप्य रूपमा गर्ने विषय हो ? अवश्य पनि संविधानका धेरै विषयहरूमा बहसको आवश्यकता छ । लगभग १० वर्षको हाम्रो अभ्यासको समीक्षा गर्नुपर्ने आवश्यकता छ । तर गुपचुपमा संविधान संशोधन गर्ने कुरा कति जायज हो ? त्यसो हुनाले मूल कुरा के हो ? संविधान संशोधन, होइन । मूल कुरा अर्कै छ । त्यो के छ नभनी हालौँ । त्यसो हुनाले आफ्ना आफ्ना स्वार्थ सिद्धी गर्नका लागि अनेक किसिमको जामा पहिरिए पनि वास्तविक समयमा उजागर हुनेछ । हामी जोड के दिन चाहन्छौ भने–नेपाली जनताको ठुलो बलिदानबाट ल्याएको यो संविधानमा आघात पुर्‍याउने काम नहोस् । यो लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने र मास्ने कुनै पनि खालको काम नहोस् ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ