arrow

सरकार विद्युत् उत्पादन र उपभोग बढाउने पक्षमा छ - अर्थमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १४ सोमबार
bishnu-poudel-04-04.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत् उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् । आइतबार मन्त्रालयमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले विद्युत् उत्पादनलाई बढाइ, धेरै भन्दा धेरै स्वदेशमै उपभोग बढाउने र बचेको विद्युत् निर्यात गर्ने नीतिका साथ सरकार अघि बढेको बताए । उनले ऊर्जा उत्पादकलाई डिस्करेज गर्नेतर्फ नभई इन्करेज गरेर अघि बढ्ने बताए । 

उनले भने, ‘सरकारको पनि नीति र मेरो आफ्नो दृष्टिकोण पनि के हो भने हामीले ऊर्जा उत्पादकलाई डिस्करेज होइन इन्करेज नै गर्नुपर्छ । अहिलेको सभ्यताको, जीवनस्तरको, ह्युमन डेभलपमेण्ट इण्डेक्सको मापन गर्ने एउटा महत्त्वपूर्ण आधार परक्यापिटा इनर्जी कन्जुम्सन कति छ भन्ने पनि होला । कति डलर कमाउँछ भनेको जस्तै कति बिजुली खपत गर्छ ? भनेर पनि हेरिन्छ । त्यो पनि बढाउनुपर्ने छ । अर्को कुरा विद्युत् उत्पादन गरी, अत्याधिक मात्रामा उपभोग गरेर बचेको बिजुली बेच्ने हाम्रो नीति हो । त्यसैले बिजुली पुग्यो भन्ने ठाउँमा हामी छैनौँ । अहिले पनि कहिले ल्याउनुपर्ने र कहिले बेच्न सक्ने अवस्थामा छौँ । ऊर्जा उत्पादनलाई इन्करेज गर्ने सोचका साथ नै हामी जानुपर्छ । आफ्नो मनोबल नटुटाउनुस् । मौद्रिक नीतिको बारेमा कुरा गर्नु छ, तपाईँहरू मौद्रिक नीति आएपछि भेट्नुहुन्छ ।’

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले ऊर्जा उत्पादकहरूलाई आफ्नो मनोबल बढाइ विद्युत् उत्पादनमा लाग्न आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ