arrow

जापानको बेरोजगारी दरमा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १५ मंगलबार
japan-flag.jpg
फाइल तस्बिर

जापान । जापानको बेरोजगारी दर पछिल्लो महिनाको २दशमलव६ प्रतिशतबाट सामान्य सुधार भई जुन महिनामा २दशमलव५ प्रतिशतमा झरेको सरकारी तथ्याङ्कले मङ्गलबार जनाएको छ । 

एक वर्ष अघिको तुलनामा तीन लाख ७० हजारले वृद्धि भएर जुन महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६८दशमलव२२ मिलियन पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ ।

मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जून महिनामा ३दशमलव३ प्रतिशतले घटेर मौसमी बेरोजगारीमा समायोजित हुदाँ १दशमलव७६ मिलियनमा पुगेको हो ।
 
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार मे महिनामा १दशमलव२४ रहेको जापानको रोजगार-आवेदक अनुपात जूनमा घटेर १दशमलव२३ पुगेर लगातार तेस्रो महिनासम्म भएको यो गिरावटले प्रत्येक सय जना रोजगारी खोज्नेहरूको लागि १ सय २३ रोजगारी उपलब्ध भएको सङ्केत गरेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ