arrow

वर्षाले नेपालगञ्ज जलमग्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
nepalgunj_City.jpg
फाइल तस्बिर

नेपालगञ्ज । नेपालगञ्जमा बुधबार भएको वर्षाले यहाँका विभिन्न स्थान जलमग्न भएका छन् । 

उपमहानगरपालिकाको घरबारी टोल, सदरलाइन, भेरी अस्पताल लाइन, न्युरोड, सेतु विक चोक, रामलीला मैदानलगायत क्षेत्रमा पानीको निकास नहँुदा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

ती स्थान जलमग्न हुँदा पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ हुनुका साथै सवारीसाधनलाई समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ । 

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नरैनापुर गाउँपालिका-६ को दोन्द्रा खोलामा फसेका तीन जनालाई उद्धार गरिएको जानकारी दिए । 

“खोला तर्न खोज्दा उहाँहरू त्यही फसेपछि हामीले उद्धार गरेका हौँ”, उनले भने । 

प्रहरी नायब उपरीक्षक डाँगीले फसेका तीन जनामध्ये दुई जनालाई सामान्य चोट लागेको उल्लेख गर्दै स्थानीय मेडिकलमा उपचार भइरहेको बताए । 

स्थानीय ५० वर्षीय कूलबहादुर थारु, पर्शुराम मौर्य र पर्शुराम यादवलाई प्रहरीले उद्धार गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ