arrow

सरकारले मिडियालाई कमजोर हुन दिँदैन- उपप्रधानमन्त्री पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
poudel-bishnu.jpg

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले मिडियालाई कमजोर हुन नदिने प्रतिबद्धता जनाएका छन् । मूलधारका मिडियाका सञ्चालक, व्यवस्थापकसँगको भेटमा उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले मिडियाले उठाएका मुद्दालाई सरकारले गम्भीर रूपमा लिने पनि बताए । उनले सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धलाई जीवन्त र घनिष्ठ बनाएर लैजाने बताए । 

उनले सरकारकारप्रति आलोचनाको हकलाई कमजोर हुन नदिने बताए । लोकतन्त्रको सबलीकरणका लागि मिलेर अघि बढ्न आग्रह गरे । सरकारले सापेक्षिक रूपमा राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक रूपान्तरणका एजेन्डा अघि बढाइ मुलुकलाई समृद्धितर्फ डोर्‍याउनेतर्फ सरकार केन्द्रित रहेको बताए । स्थिरता र स्थायित्वको सवालमा विश्वास गर्न सक्ने स्थानमा आएको दाबी गरे । 

उनले भने, ‘हाम्रो सामर्थ्य, हाम्रो पहुँच, हाम्रो दायरा भन्दा बाहिर परिस्थिति काबु भन्दा पर पुग्यो भन्ने नठान्नु होला । जरुर यहाँहरू समस्यामा हुनुहुन्छ । समस्या गम्भीर प्रकृतिका पनि छन् । तर समाधानको दायरा भन्दा बाहिर छैन । काबु भन्दा बाहिर परिस्थिति गइसकेको छैन । सरकारले मिडिया हाउस र मिडियालाई कमजोर हुन दिँदैन । यति चाहिँ दाबीका साथ भन्छु । यहाँहरूले उठाएका मुद्दालाई व्यवस्थित रूपमा हेर्नेछु । सरकार र मिडियाबीचको सम्बन्ध, राजनीतिक दल र सम्बन्ध बीचको सम्बन्धका बारेमा धेरै भन्नु पर्दैन । राजनीतिक दल र मिडिया, सरकार र मिडियाबीचको सम्बन्धलाई हामीले जीवन्त र घनिष्ठ बनाएर लैजाऔँ । सरकारकारप्रति आलोचनाको हकलाई भने कुनै हिसाबले कमजोर हुनु हुँदैन । रचनात्मक र सकारात्मक आलोचना सरकारले स्वागत गर्नेछ ।’

उपप्रधानमन्त्री पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने अवस्था रहेको बताए । उत्पादन वृद्धिसँगै राजश्व, पुँजीगत खर्च गर्ने सामर्थ्य वृद्धि, व्यापार असन्तुलनलाई अन्त्य गर्ने कुरामा ध्यान दिने बताए । उनले गतिशील र सबल अर्थतन्त्र निर्माण गर्ने चुनौती रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ