arrow

वर्तमान ओलम्पिक च्याम्पियनलाई समूह चरणबाटै बाहिरिनुपर्ने खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
paris-olympics-1000000087.jpg

काठमाडौँ ।  महिला ओलम्पिक फुटबलमा जासुसी काण्डमा छ अङ्कको कटौतीलाई खेलकुदका लागि मध्यस्थता अदालतमा क्यानाडाले गरेको अपील बुधबार असफल भएपछि यथावत गरिएको छ ।
 
स्विट्जरल्याण्डमा रहेको निकायलाई विश्व फुटबलको नियामक निकाय फिफाले दिएको सजायको समीक्षा गर्न भनिएको थियो । यसले वर्तमान ओलम्पिक च्याम्पियनलाई पेरिस खेलकुदमा समूह चरणबाट बाहिरिने खतरामा पारेको छ ।

क्यानाडाले अहिलेसम्म न्युजिल्यान्ड र फ्रान्स विरुद्धका आफ्ना दुवै खेल जितेको छ, तर पेनाल्टीको अर्थ समूहको एउटा खेल मात्र बाँकी रहँदा शून्य अङ्क छ ।

तीन वर्षअघिको टोकियो ओलम्पिकमा स्वर्ण पदक दोहो¥याउन खोज्दा अब क्वार्टरफाइनलमा पुग्ने हो भने अब बुधबार कोलम्बियालाई हराउनुपर्नेछ ।

एक स्टाफ सदस्यले न्युजिल्यान्डसँगको खेलअघि प्रशिक्षण सत्रको जासुसी गर्न ड्रोनको प्रयोग गरेपछि सजायका रूपमा क्यानडालाई छ अङ्क कटौती गरिएको थियो भने दुई लाख २६ हजार डलर जरिवाना लगाइएको थिया । उक्त खेल क्यानाडाले २–१ ले जितेको थियो । 

प्रशिक्षक बेभ प्रिस्टम्यानलाई यसअघि फिफाले उक्त काण्डमा उनको जिम्मेबारीका लागि फुटबलसँग सम्बन्धित सबै गतिविधिबाट एक वर्षको प्रतिबन्ध लगाएको थियो ।

प्रिस्टम्यानजस्तै इङ्ग्ल्यान्डकै सहायक प्रशिक्षक एन्डी स्पेन्सलाई फ्रान्सविरुद्धको आइतबारको खेलका लागि टोलीको अन्तरिम जिम्मेवारी दिइएको थियो ।

अनाधिकृत ड्रोन उडाएपछि समातिएका विश्लेषक जोई लोम्बार्डीलाई आठ महिनाको निलम्बित जेल सजाय सुनाइएको थियो र टोलीले घर पठाएको थियो । 

लोम्बार्डी र सहायक प्रशिक्षक जसिम मन्डरलाई पनि फिफाले एक वर्षको प्रतिबन्ध लगाएको छ ।

प्रिस्टम्यानले आइतबार माफीको पत्र जारी गर्दै ‘बिल्कुल हृदयविदारक’ भएको स्वीकार गरे र यस सम्बन्धको अनुसन्धानमा सहयोग गर्ने वाचा गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ