arrow

डीआईजी केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन गृहमन्त्रीको आग्रह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
ramesh-lekhak-04-16.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले डीआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरेका छन् । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले डीआईजी केसीको सरुवालाई सामान्य रूपमा लिन आग्रह गरे । बैठकमा बोल्दै नेकपा(एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले केसीको नाम उल्लेख नगरिकन गृहमन्त्रीले डीआईजीलाई दुई महिना नपुग्दै सरुवा किन गरिएको भन्दै प्रश्न गरेपछि मन्त्री लेखकले यसको जवाफ दिए ।

उनले कर्मचारीहरूको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डीआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको बताए । उनले केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको बताए । सरुवा गरेर डीआईजीको ठाउँमा डीआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रूपमा लिन आग्रह गरे । 

उनले भने – ‘सरुवाको कुरा भने, कर्मचारीको सरुवा हुन्छ । बढुवा पनि हुन्छ । निरन्तरको प्रक्रिया हो । सामान्यतया अवधि तोकेको हुन्छ, यति अवधिपछि हुन्छ है भनेर । तर कहिलेकाहीँ अवधिभन्दा पहिला पनि हुन्छ । जहाँसम्म यहाँले जुन पदको सरुवाको कुरा गर्नुभएको छ, उन अत्यन्त योग्य मानिस हो । र योग्यतम ठाउँमा पुग्नुभएको छ । किनभने प्रहरीलाई तालिम दिने ठाउँ भनेको त सबैभन्दा ज्यादा पढे, लेखेको मान्छे चाहियो नि । प्रहरी राम्रो बनाउनु प¥यो । अनि राम्रो प्रहरीलाई, राम्रो तालिम दिनका लागि, राम्रो मान्छे पठाउँदा के समस्या भयो ? अनि फेरि जुन ठाउँबाट उन जानुभयो, डिआइजी गएर इन्स्पेक्टर त आएको होइन होला नि । अर्को डिआइजी आएको होला नि । त्यसो भएको हुनाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिइदिनु हुन म हात जोडेर प्रार्थना गर्छु ।’



नयाँ