arrow

ग्लोबल आईएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १७ बिहिबार
global-ime-qatar-exchange.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउने सम्बन्धी सम्झौता भएको छ । 

सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । 

यसरी ग्लोबल रेमिटमार्फत पठाएको रकम ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आईएमई लिमिटेड र जीएमई रेमिटको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । 

साथै यसै सम्झौताअनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आईएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् । 

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो । बैंकका १,१०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको बैंकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ