arrow

परिवारको आँशु

logo
क्रिस गौतम, 
प्रकाशित २०८१ साउन १९ शनिबार
krish-gautam-81-4-19.jpg

बिहान सूर्योदयमै, बुबाको त्यो हँसिलो मुहार
आज असारे वर्षाको घनघोर रात
कालो बादल झैँ गमक्क परेको छ
मन चिन्तित छ, बोली मौन छ । 

सधै बिहानीमा
छोरा उठ् भन्ने आमा
आज साडीको सप्को छोपी
पीडाका आँसु बगाउँदै छिन् । 

भाग्यको निर्दयी हातले
मेरा दुवै प्रिय समातेछ
घर फर्कने हर्षसँगै
घनघोर पीडाको भेलमा हेलिई
आँगनसम्म आइ पुगेछ ।

म सपनामा उनीहरुको अनुहार देख्छु
म हावामा हाँसो सुन्छु
मलाई खाएको खालीपन छोडेर
कहिल्यै नआउने जवाफहरू खोज्छु । 
 
भाइ पानीमा निसास्सिए होला
दाइ अग्निकुण्डमा चिरनिद्रा हुँदा
आमा सम्झनामा हराएकी छिन्
बुबाका बलिन्द्र धारामा 
परिवारको खुशी बगेको छ ।

भोलिको मिर्मिरेसँगै
सबैको आँशुको खडेरी
सायद,
अनवरत बग्ने भेल
सदाका लागि अलबिदा गर्दैछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ