- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
यो स्वार्थी दुनियाँमा
कोही आफ्नो हुँदो रहेनछ
माया गर्छु भन्नेको
माया पनि देखियो
ढिला भए पनि
राम्रोसँग बुझियो
त्यसैले अब
एक्लै खुशी हुन सिक्दैछु
यो स्वार्थी दुनियाँदेखि
आश गर्न छोडदै छु
अब आफ्नो बाहेक
अरु कसैको
मतलब गर्दिनँ म
अब यो दुनियाँको
झुटा कुरामा फस्दिन म
अब आफ्नो भविष्य बनाउँछु
अनि
छोडेर जानेलाई पछुतो
र
साथ हुनेलाई गर्व महसुस गराउँछु ।