arrow

जीवनको लेखनी 

logo
शिरिष विलास, 
प्रकाशित २०८१ साउन १९ शनिबार
shirish-vilas-81-4-19.jpg

जीवनको अन्त्य सबैको आउँछ 
तर मरेरै जीउँछन् जिन्दगीको लागि
मरेपछि खरानीको जिन्दगी
हावाको दिशामा उड्छ त्यो पनि
के पायो के लग्यो खरानी भएपछि
जीवन भर के गर्यो जिन्दगी भएपछि
मरेर के लग्यो मात्र लग्यो जिन्दगी
जीवनभर के पर्खियो मात्र पर्खियो मरणको घडी
के थाहा कुन बेला छोड्छ जिन्दगी
कसलाई थाहा कुन बेला आउँछ त्यो घडी
जुन दिन विलिन हुन्छ त्यो जीवनको छडी
त्यही दिन विश्राम हुन्छ त्यो जीवनको गाडी
सम्झनेले सम्झिन्छन् त्यो चराको कहानी
उडेर जाने पखेटाको अस्ताएको बिहानी
अर्को जीवनमा गर्नेछ केही नौलो कुराकानी
त्यो जीवन पनि हुनेछ पहिलेकै लेखनी ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ