arrow

गुरूदेव कामतलाई मधेस विभूति घोषणा गर्न दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १९ शनिबार
rea-81-4-19.jpg

जनकपुरधाम । राष्ट्रिय एकता अभियानका नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेस विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दबाबमूलक कार्यक्रम आयोजना गरिएको छ। 

उक्त कार्यक्रममा मधेस प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले "गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर," "गुरुदेव कामतको अपमान कार्य बन्द गर," "राम भरोस कापडी राजीनामा देऊ," "मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद," र "मधेस सरकार मुर्दावाद" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।

नेता पुर्बेले गुरूदेव कामतले मधेसका लागि कला र सङ्गीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे। 

प्रदर्शनकारीहरूले रामभरोस कापडीको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै तुरुन्तै उनको राजीनामा माग गरे ।

कार्यक्रममा सहभागीहरूले रामभरोस कापडीले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेसको गौरवलाई ठेस पुर्याएको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ