arrow

सहकारीमा जम्मा गरेको पैसा डुब्न नदिने गरी कार्यनीति बनाउनुपर्नेमा नेता कंडेलको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
devendraraj-kandel.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सर्वसाधारण जनताले परिश्रम गरेर सहकारीमा जम्मा गरेको पैसा डुब्न नदिने गरी कार्यनीति बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सहकारी विभागद्वारा पोखरामा आयोजित सहकारी विद्यमान अवस्था, समस्या, चुनौती, अवसर र समाधानका उपायका बारेमा प्रदेशस्तरीय छलफल तथा अन्तरक्रियामा नेता कँडेलले केही खराब सहकारीका कारण सम्पूर्ण सहकारीको बदनाम भएकाले गलत गर्ने सहकारीलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्नुपर्ने बताए ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले बिपी, प्रजातन्त्र र विपन्न वर्गसँग जोडिएको सहकारी क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउँदै अगाडि बढाउनुपर्नेमा जोड थियो ।

समाजवादको प्रमुख अङ्ग सहकारी भएकै कारण सहकारीलाई दिगो रूपमा सञ्चालन गर्ने वातावरण सरहकारले बनाइदिनुपर्नेमा उनको जोड थियो ।

कांग्रेसका नेता एवं पूर्वमन्त्री जीतप्रसाद आलेले सहकारी उत्पादनसँग नजोडिइकन सेयरधनीहरू मुनाफा बाँड्ने काममा लाग्दा सहकारी डुब्ने अवस्थामा पुगेको बताए ।

कांग्रेस केन्द्रीय सहकारी विभागका उपप्रमुख भानुभक्त ढकालले समस्याग्रस्थ सहकारीका समस्या पहिचान गरी बचतकर्ताको रकम कसरी फिर्ता गर्न सकिन्छ भन्नेबारेमा प्राधिकरणले काम गर्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ