arrow

श्रेष्ठमाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
tiger-suklafata-rss.jpg

काठमाडौँ । नदी किनारमा हिँडिरहेका पशुपति श्रेष्ठमाथि  आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवनको नारायणगढ बजार क्षेत्रमा आइतबार दिनभरको प्रयासपछि बाघ नियन्त्रणमा लिइएको हो ।  

आइतबार बिहान ५:२० बजे भरतपुर महानगर–२, बेलटाँडीका पशुपति श्रेष्ठलाई नारायणी नदी किनारमा बाघले आक्रमण गरेको थियो । आक्रमणपछि उक्त बाघ नजिकैको भरतपुर महानगर–१, नारायणगढ क्षेत्रको ढलको पानी प्रशोधनका लागि बनाएको नर्कट र केराको झाडीमा लुकेको थियो । 

चितवन राष्ट्रिय निकुञ्जले हात्ती ल्याएर घेराबन्दी गरेपछि बाघलाई डार्ट गरिएर नियन्त्रणमा लिइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ