arrow

अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा छौँ- अर्थमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
bishnu-poudel-04-04.jpg

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियानमा सरकार रहेको बताएका छन् । उनले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको उल्लेख गरे । उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउने बताए । 

उनले मुलुक आर्थिक रूपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न नपाउने बताए । उनले अब सामाजिक र आर्थिक रुपान्तरणमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित रहेको उल्लेख गरे । उनले राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखा परेको बताए । अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन आर्थिक क्रियाकलापहरूलाई बिस्तार गर्ने बताए । 

उनले भने,‘अहिले सरकारले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्त्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौँ । संविधान बनायौँ । संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ । दुनियाँका कुनै पनि लोकतान्त्रिक मुलुकहरूको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ । संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बाँकी छ । अबसम्म मुलुक आर्थिक रूपमा समृद्धशाली र सक्षम हुँदैन । तब सम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न पाउँदैनन् । व्यवस्था बदलिसकेकाले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा सरकार केन्द्रित छ । राजनीतिक अस्थिरताबाट सिर्जित क्रियाकलापको कारणले अर्थतन्त्रमा शिथिलता देखा परेको छ । अर्थतन्त्रको शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउँदै गतिशील बनाउँदै आर्थिक क्रियाकलापहरूलाई विस्तार गर्ने नागरिक र मुलुकको भविष्यप्रति विश्वास जगाउने छ भन्ने विषयमा सरकार केन्द्रित छ । जनतामा आशा जगाउँदै अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक सामाजिक रूपमा समृद्ध तुल्याउने महाअभियानमा छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ