arrow

आखिर के भएको थियो मूलपानीमा सोबितामाथि ? [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
sovita-gautam.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफूमाथि मूलपानीमा दुर्व्यवहार गरिएको बताएकी छिन् । 

सोमबार प्रतिनिधि सभा बैठकमा उनले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा बाढी पहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोल नजिकै सार्वजनिक स्थलमा आफूमाथि अभद्र व्यवहार गरिएको बताइन् ।

उनले १५–२० जना युवाहरुले आफूलाई घेरेर अपशब्द बोलेको बताइन् । नम्रशैलीमा आफ्ना कुरा राख्न आग्रह गर्दा पार्टीगत आक्षेप लगाइएको उनले संसदमा बताइन् ।

उनले आफूमाथि दुर्व्यवहार भएको जानकारी संसदमा दिइरहँदा सभामुख देवराज घिमिरेले भने समय सकिएको संकेत गरिरहेका थिए । उनले बाटो ढुकेर चौतारामा कुरेर, छोरीमान्छेलाई तर्साउने अभ्यास के यो अमर्यादित भएन ? यो जंगली प्रकारको भएन ? भनी प्रश्नसमेत गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ