arrow

मन्त्रीको दाबी- मेरो कार्यकालमा खेलकुद क्षेत्रले फड्को मार्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
tejulal-chaudhary-81-4-17.jpg

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रको विकासमा फड्को मार्ने दाबी गरेका छन् । मन्त्री चौधरीले खेलकुद क्षेत्रमा धेरै सम्भावना रहेको र आफ्नो कार्यकालमा यसको विकास गर्ने धारणा राखे । 

भविष्यमा राजनीतिज्ञहरूका लागि पनि खेलकुद मन्त्रालय रोजाईमा पर्ने तवरबाट काम गर्ने बताए । मन्त्री चौधरीले नेपाली खेलाडीको पलायन रोक्न उनीहरूलाई राम्रो रोजगारीको अवसर दिनुपर्ने औंल्याए । 

उनले भलिबल खेल्दा विभिन्न संस्थानको प्रतिनिधित्व गरेर खेल्ने गरे पनि अहिले त्यो अवस्था नरहेको उल्लेख गर्नुभयो । अहिले विभागीय टोलीमा मात्र छन् र खेलाडीहरूलाई राम्रो अवसर दिनेसके पलायन हुनबाट रोक्न सक्ने मन्त्री चौधरीको भनाइ छ । 

आफ्नो कार्यकालमा खेलकुद क्षेत्र विवादरहित बनाउने मुख्य लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री चौधरीले ऐननियम अनुरूप नै आफू अगाडि बढ्ने बताए ।

राष्ट्रिय खेलकुद आयोेजनाका लागि अब झन्डै ९० दिन बाँकी रहेको र आफूले व्यवस्थित तवरबाट खेल आयोजना गर्नेगरी योजना बनाउन आफू मातहतका निकायलाई निर्देशन दिएको मन्त्री चौधरीले उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ