तत्काल टेलिकम प्रबन्ध निर्देशकको नियुक्ति गर्न वर्कर्स युनियनको माग
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियनले टेलिकममा प्रबन्ध निर्देशकको तत्काल नियुक्त गर्न माग गरेको छ ।
युनियनका महासचिव लोकेन्द्र पनेरूले प्रेस विज्ञप्ति जारी गर्दै गत जेठ २२ गतेको गोरखापत्रमा प्रबन्ध निर्देशकको नियुक्तिका लागि दरखास्त आह्वान भई असार १७ गतेको सूचनाअनुसार दरखास्त दर्ता गराएका उम्मेदवारको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्तासमेत भइसकेको भन्दै तत्काल सक्षम व्यक्तिलाई नियुक्त गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा हाल दूरसञ्चार ऐन २०५३ विद्यमान रहेको र वर्षौँ पुरानो उक्त ऐनबाट वर्तमान समयमा दूरसञ्चार सेवाको सञ्चालन अनुगमन, नियन्त्रण लगायत यस क्षेत्रका सबै विषयहरु यथोचित रुपमा सम्बोधन गर्न नसकिरहेकाले सरोकारवाला सबै पक्षको राय समेटी नयाँ ऐन जारी गराउनसमेत सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।