arrow

सिमलताल दुर्घटना अध्ययन प्रतिवेदन

त्रिशूलीमा खसेका दुई बसको अध्ययन प्रतिवेदन गृहमन्त्रीलाई [भिडियो]

सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
ramesh-lekhak-04-22.jpg

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सबै उपायहरू अवलम्बन गर्ने बताएका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा सिमलताल दुर्घटना अध्ययन गर्न गठित समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले सडक दुर्घटना न्यूनीकरण गर्नका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्ने बताएका हुन् । 

उनले सडक दुर्घटनाहरू निरन्तर भइरहेका भन्दै यस्ता दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक भएको बताए । उनले दुर्घटना हुन नदिने कुराको सुनिश्चितता गर्नु आवश्यक भएको भन्दै यसको निम्ति सरकारले सबै उपायहरू अवलम्बन गर्ने स्पष्ट पारे । उनले सिमलताल दुर्घटना सम्बन्धी प्रतिवेदन अध्ययन गरेर प्रतिवेदनमा उल्लेख भएका सबै सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले सडक दुर्घटना न्यूनीकरणका लागि मन्त्रालय सँगसँगै अन्य निकायहरूको भूमिका हुने भन्दै सुझावलाई कार्यान्वयन गर्नका लागि मातहतका निकाय र सरोकारवाला निकायहरूलाई पत्राचार गर्ने जानकारी दिए । 

उनले भने – ‘यस्ता किसिमका दुर्घटनाहरू न्यूनीकरण गर्न आवश्यक छ । यस्ता किसिमका दुर्घटनाहरू अब नहुन भन्ने कुराको सुनिश्चितता गर्न आवश्यक छ । त्यसका लागि सरकारले सबै उपायहरू अवलम्बन गर्नेछ । यो प्रतिवेदनलाई पनि अध्ययन गरेर, यसमा धेरैको सरोकार देखिन्छ । एउटा मात्रै निकायको सरोकार छैन । सडक विभागको सरोकार छ । स्थानीय तहको सरोकार छ । प्रहरीको सरोकार छ । अरू पनि तमाम निकायहरूको सरोकार भएको हुनाले यो प्रतिवेदनमा उल्लेख भएका जति पनि सुझावहरू छन् । ती सुझावहरू सम्बन्धित निकायलाई पठाइनेछन् । र त्यसको कार्यान्वयन गराइनेछ । यो मन्त्रालयले गर्नुपर्ने यी प्रतिवेदनमा प्रस्तुत सुझावहरूलाई कार्यान्वयन गरिनेछ । म यो प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । यो हामी सबैको साझा चासो र चिन्ताको विषय भएको हुनाले यो विषयलाई गम्भीरतापूर्वक लिएर अबका दिनहरूमा यस्ता सडक दुर्घटनाहरूलाई न्यूनीकरण गर्नका लागि हामीले अपनाउनुपर्ने सबै उपायहरू अपनाउनेछौँ । सबैको सहयोग र सरोकार आवश्यक छ । यो प्रतिवेदनमा प्रस्तुत भएका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।’

चितवन जिल्ला भरतपुर महानगरपालिका २९ को सिमलटार भन्ने ठाउँमा गत असार २८ गते पहिरोमा परी दुई यात्रुवाहक बस बेपत्ता भएको थियो । काठमाडौँबाट गौरको लागि छुटेको गणपति डिलक्समा ३६ जना यात्रु रहेकोमा ३ जना यात्रु मात्रै जीवित रहेका थिए । त्यस्तै वीरगञ्जबाट काठमाडौंको लागि आउँदै गरेको एञ्जल डिलक्स बसमा ३६ जना यात्री रहेकोमा कोही पनि जीवित फेला परेका छैनन् । हालसम्म २४ वटा शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको अवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ