arrow

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
air-dynasty-helicopter-81-4-23-final.jpg

काठमाडौँ । नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा सवार सबै पाँच जनाको मृत्यु भएको छ । चार जना चिनियाँ नागरिक बोकेर काठमाडौँबाट रसुवा जाँदै गरेको हेलिकप्टर काठमाडौँ र नुवाकोटको सीमा क्षेत्र शिवपुरी ७ मा रहेको जंगलको रुखमा ठोक्किएर दिउँसो दुर्घटना भएको हो । 

कलसाइन नाइन एन एजेडी रहेको हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टर दिउँसो १ बजेर १४ मिनेटमा उडेको थियो । तर उडेको केही मिनेटमै सम्पर्क विच्छेद भएको थियो । 

मृतकको शव जलेको अवस्थामा भेटिएको छ । मृत्यु हुने अन्य चार जनामा चिनियाँ नागरिक हुन् । जसमा तीन पुरुष र एक महिला हुन् । मृतक चिनियाँहरुमा जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु हुन् । 

गत साउन ९ गते बुधबार मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका छन् । 
 

यसअघि पाँच वर्षअघि अर्थात २०७५ साल फागुन १५ गते ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित छ जनाको ज्यान गएको थियो । 

dynasty-helicoptor-crash-81-4-23 (1).jpeg
dynasty-helicoptor-crash-81-4-23 (1).jpg
dynasty-helicoptor-crash-81-4-23 (2).jpeg
dynasty-helicoptor-crash-81-4-23 (2).jpg
dynasty-helicoptor-crash-81-4-23 (3).jpeg
dynasty-helicoptor-crash-81-4-23 (3).jpg
dynasty-helicoptor-crash-81-4-23 (4).jpeg
dynasty-helicoptor-crash-81-4-23 (4).jpg
dynasty-helicoptor-crash-81-4-23 (5).jpeg
dynasty-helicoptor-crash-81-4-23 (5).jpg
dynasty-helicoptor-crash-81-4-23 (6).jpeg
dynasty-helicoptor-crash-81-4-23 (6).jpg
dynasty-helicoptor-crash-81-4-23 (7).jpeg
dynasty-helicoptor-crash-81-4-23 (8).jpeg
dynasty-helicoptor-crash-81-4-23 (9).jpeg
dynasty-helicoptor-crash-81-4-23 (10).jpeg
dynasty-helicoptor-crash-81-4-23 (11).jpeg
dynasty-helicoptor-crash-81-4-23 (12).jpeg
dynasty-helicoptor-crash-81-4-23 (13).jpeg
dynasty-helicoptor-crash-81-4-23 (14).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ