arrow

छ किलो कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
tia-.jpg

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उनले भने, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ