arrow

बाल चित्रकथा “डाँडाबारीको भूत” र “फ्यान्टम अफ टेरेस फ्यान्टम अफ द टेरेस फाम” सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
book-release-81-4-24a.jpeg

काठमाडौँ । कुमार पौडेलद्वारा लिखित बाल चित्रकथा “डाँडाबारीको भूत” नेपाली तथा “फ्यान्टम अफ टेरेस फ्यान्टम अफ द टेरेस फाम” सार्वजनिक भएको छ । 

अंग्रेजी भाषाका पुस्तक किताब जात्राको एक कार्यक्रम माझ लेखक तथा बालबालिकाहरू; फिनिक्स स्कुल, कक्षा ५ का अभीष जोशी, रोजबड स्कुल, कक्षा ५ का आध्या तिवारी, एस स्कुल कक्षा ७ का प्रत्युस झा तथा रातो बंगला स्कुल, कक्षा १ का सनभ्या कटवालले पुस्तक सार्वजनिक गरेका हुन् ।  

रातको समय “भूत” आयो भनेर डराउने जिज्ञासु समीरमा सालक भेटेपछि कस्तो परिवर्तन देखिन्छ भन्ने कथाले प्रस्तुत गरेको छ । 

लेखक कुमार पौडेल लोपन्मुख जनावरका विषय अनुसन्धान गर्छन् । उनी सामाजित संस्थामा कार्यरत छन् र उनी आफूले अनुसन्धान गरेका विषयको कथा बालबालिकालाई दिन रुचाउँछन् ।

 बुबासँगै गोठमा सुत्न गएको समीर राति भैंसीले स्वाँस्वाँ फ्वाँफ्वाँ गर्दा पनि “भूत” आएको ठान्छ । बुबालाई उठाएर “भूत” आएको सुनाउँछ, तर बुवाले वास्ता गर्दैनन् । 

भोलिपल्ट स्कुलमा साथीहरूलाई सुनाएपछि पासाङ पनि “भूत समात्न” भन्दै समीरसँगै आउँछ । टर्च बोकेर राति बारीमा निस्किएको पासाङले बारी खोस्रिएको र भ्वाङ पारेको पनि देख्छ । 

यत्तिकैमा गुडुल्किँदै समीरतिर आएको जीवलाई उनीहरूले भूत भन्ठान्दै समात्छन् र ल्याएर थुन्चेमा छोप्छन् । हल्लाखल्ला भएपछि डाँडाबारीको भूत हेर्न बिहानै गाउँले आइपुग्छन् । के पासाङ र समितले भूत समाते होलान् त ? 

चोरी सिकारी, अवैध व्यापार र बासस्थान विनाशका कारण लोप हुने खतरामा रहेको सालक संरक्षण गर्नुपर्छ भन्ने विषयको ज्ञान कथाले दिएको छ । यस्तै भूतप्रति बालबालिकाको दिमागमा रहेको भ्रम चिर्न पनि यसले मद्दत गर्छ । 

यो कथा सात वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा नौ वर्षमाथिका बालबालिकाले आफैँ अध्ययन गर्न उपयुक्त छ । 

नीति श्रेष्ठका चित्र रहेको पुस्तकको सम्पादन सौरभकिरण श्रेष्ठ र भाषा सम्पादन डा. रमेश शुभेच्छुले गरेका हुन् । 

पुस्तक कथालय इन्कले प्रकाशन गरेको हो । ३३ पृष्ठ रहेको पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ । नेपाली र अंग्रेजी दुवै भाषाका पुस्तकहरू बजारमा उपलब्ध भएको कथालायले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ