arrow

समितिमा हेलिकप्टर दुर्घटनाबारे जानकारी

हवाई उड्डयनको क्षेत्रमा समग्र अध्ययन गर्न सरकारले आयोग गठन गर्छ- पर्यटनमन्त्री [भिडियो] 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २४ बिहिबार
badri-panday-04-24.jpg

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई उड्डयनको क्षेत्रमा अध्ययन गर्नका लागि सरकारले आयोग बनाउन लागेको बताएका छन् । बिहीबार सिंहदरबारमा संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाबारे जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् ।

बुधबार हेलिकप्टर दुर्घटनामा परी चालक दलका सदस्यसहित ५ जनाको ज्यान गएको थियो । त्यस लगत्तै बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले सो दुर्घटनाको छानबिनका लागि ३ सदस्यीय छानबिन समिति गठन गरेको थियो । घटना विशेषको छानबिनका लागि सो समिति गठन गरे पनि समग्र हवाई उड्डयनको क्षेत्रमा देखिएको समस्या समाधानका लागि पनि प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्री परिषद् बैठकले मन्त्रालयलाई सो क्षेत्रको समग्र अध्ययनका लागि आयोग नै गठन गर्न निर्देशन दिएको पनि मन्त्री पाण्डेले समितिलाई जानकारी गराए । 

उनले गए राति पनि अबेरसम्म प्रधानमन्त्री ओलीले आफू र मन्त्रालयका सचिवसँग सो विषयमा छलफल गरी त्यस क्षेत्रको समस्या समाधान हुने गरी आयोग बनाउन निर्देशन दिएको पनि बताए । मन्त्री पाण्डेले अब बस्ने मन्त्रिपरिषद् बैठकले सो आयोग बनाउने दाबी पनि गरे । 

उनले भने, ‘घटनालगत्तै छानबिन समिति बन्यो । मन्त्री परिषदमा पनि निकै लामो छलफल भयो । र, हामीले सधैँ यस्तो आयोग बनाइरहने, आयोगले प्रतिवेदन दिन या त ढिलाइ गर्ने या त दिएपछि पनि त्यसको कार्यान्वयनमा नजाने । यो कारणले चाहिँ हामी झन् जटिलतामा फस्दै गयौँ । त्यसकारण आज यो आयोग बनेको यही घटना विशेषमा आधारित भएर नै छानबिन र निचोड, निष्कर्षमा पुग्ने गरी एउटा अध्ययन गर्ने गरी आयोग बन्छ । अब चाहिँ यसलाई समग्रमा अध्ययन गर्नुपर्छ, हाम्रो सिस्टम माथि नै अध्ययन गर्नुपर्छ । त्यसैले यसको समग्र अध्ययनका लागि अव मन्त्रालयले प्रस्ताव गरोस् । आउने क्याबिनेटको बैठकमा हाम्रो सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरूको स्थिति के हो ? अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ?  भन्नेमा समग्र अध्ययनका लागि एउटा आयोग बनाएर नै अध्ययन समिति बनाएर नै अघि बढ्ने गरी मन्त्रालयलाई उहाँहरुले निर्देशन दिनुभएको छ । त्यसपछि पनि म र सचिवज्यूसमेत राति प्रधानमन्त्रीज्यूसँग समेत यो विषयमा थप छलफल पनि गरेका छौं । हामी धेरै रातिसम्म छलफलमा नै थियौँ ।’

मन्त्री पाण्डेले हवाई क्षेत्रको सिस्टममाथिकै के समस्या हो, नीतिगत समस्या हो कि, कानूनी समस्या हो कि ? संरचनागत समस्या हो कि ? प्राविधिक समस्या कहाँ छन्, जनशक्ति दक्ष हुनका लागि हुने विभिन्न प्रकारका प्राविधिक तालिमहरूको स्थिति के हो ?  अनुगमनको स्थिति के हो ? यो नियमनको स्थिति के हो ? भन्नेमा समग्र अध्ययनका लागि सो आयोग गठन गर्न लागेको पनि स्पष्ट पारे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ