arrow

सबै छ मसँग 

logo
कविता गौतम,
प्रकाशित २०८१ साउन २६ शनिबार
kabita-gautam-81-4-26.jpg

आँखामा कहिल्यै नरित्तिने 
आँशुको तलाउ छ
सबैलाई झुक्याउन सक्ने 
झुटो मुस्कान छ 
तनमा बेग्लै दुःखाइ छ
मनमा बेग्लै दुःखाइ छ 
विस्तारामा लम्पसार 
जोश जाँगर छ
कतै दुरु निराशाको
क्षीतिज पारी 
अस्ताउन लागेको 
घाम झैँ 
एक झल्को आशा छ
के छैन म सँग 
सबै भरिभराउ छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ