arrow

कामना 

logo
शिरिष विलास, 
प्रकाशित २०८१ साउन २६ शनिबार
shirish-vilash-81-4-26.jpg

पूर्णिमाको जुन ल्याउने वाचा गर्न सक्दिन म
जुनेली रातको तारा तोडेर ल्याउन सक्दिन म

पूर्णिमाको जुन ल्याउने वाचा गर्न सक्दिन म
जुनेली रातको तारा तोडेर ल्याउन सक्दिन म

जनम जनमको साथ दिने वाचा गर्न सक्दिन म
बितेका पलहरु यो क्षणमा समेट्न सक्दिन म

सक्छु त म तिम्रो मुहारमा त्यो जुनको उज्यालो ल्याउन
सक्छु त म त्यो जुनेली रातमा तिम्रो साथ दिन

सक्छु त म तिम्रो मुहारमा त्यो जुनको उज्यालो ल्याउन
सक्छु त म त्यो जुनेली रातमा तिम्रो साथ दिन

सक्छु त म यही जनममा नमरेसम्म निश्चल साथ दिन
सक्छु त म यही पललाई स्वर्णिम क्षणको आभाष दिन

सानो छ यो मेरो संसार सानै छ मेरो सपना
आशा छ मलाई मेरो गर्ने छौँ एक जीवनको रचना

हाँसीखुशी यही जूनीमा बाँच्ने मेरो सपना
डाँडाको घामलाई बिदा दिँदै 
गरौँ एक नौलो बिहानीको कामना ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ