arrow

फुड पोइजनले गयो तीन बालबालिकाको ज्यान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २८ सोमबार
rautahat_district_map.png

रौतहट । माछा भात खाएर फुड पोइजन हुँदा बारामा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।

फुड पोइजनबाट स्थानीय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीन जना नाबालक छोराछोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन् । 

छिमेकी राजदेव रामका अनुसार आइतबार राति नरेश राम चमारका छोरीहरू क्रमशः ९ वर्षकी लालिमा राम र ७ वर्षकी पुष्पा राम तथा ५ वर्षका छोरा कृष्णनन्दन राम माछा–भात खाएर सुतेका थिए।

केही समयपछि तीनैजना बालबालिकाको स्वास्थ अवस्था बिग्रेपछि स्थानीय स्तरमा सामान्य उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल कलैया लैजाँदा उपचारको क्रममा मृत्यु भएको छिमेकी रामले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी प्रवक्ता सापकोटाले घटनाको पुष्टि गर्दै मृतक तीनै जना बालबालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैयामा राखिएको बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको तथा थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ