पाँच अजेन्डामा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
1.9k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दैछ । जलन सबन्धी बिधेयकमा छलफल गर्ने सो बैठकको अजेन्डा रहने जनाइएको छ ।
बिहान १०ः ३० बजे बोलाइएको बैठकमा सदनमा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल हुनेछ ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा छलफलका लागि पाँच अजेण्डा तय गरिएको छ ।
उनका अनुसार समसामयिक, राजनीतिक घटनाक्रमसहित थप एजेण्डामा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेको बिधेयकहरू सम्बन्धी, कानून, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले सदनमा पठाइएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र विविध रहेको छ ।