arrow

ट्विटरमा फर्किए ट्रम्प, मस्कलाई दिए अन्तर्वार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
trump-twitter-x.jpg

न्यूयोर्क । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा फर्किएका छन् । उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलन मस्कलाई अन्तर्वार्ता दिएका छन् ।  

उनीहरुको अन्तर्वार्ता मंगलबार बिहान भएको थियो । अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी ट्विट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्पमाथि तत्कालीन ट्विटरले प्रतिबन्ध लगाइएको थियो । त्यसपछि ट्रम्प ट्विटरबाट निष्क्रिय भएका थिए भने उनले आफ्नै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तब उनले ट्रम्पको खातामाथिको प्रतिबन्ध हटाए । 

उनले यस बीचमा एक पटक ‘मग सट’को तस्बिर सार्वजनिक गरे पनि त्यसपछि उनले कुनै ट्विट गरेका थिएनन् । तर मस्कसँगको अन्तर्वार्तासँगै ट्रम्प ट्विटरमा सक्रिय भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ