arrow

पिता र भाइहरु गुमाउँदा आफू अस्पतालमा संघर्षरत रहेको कारुणिक संस्मरण उतारे विनयले  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २९ मंगलबार
punarjanma-ram-binaya.jpg

काठमाडौँ । प्रगतिवादी साहित्यकार राम विनयको नवौं पुस्तक पुनर्जन्म प्रकाशित भएको छ  । कोभिड महामारीले पिता तथा दुई भाइ गुमाएका विनय स्वंय गम्भीर भएर झन्डै तीन हप्ता अस्पतालमा बस्नु परेको थियो । आईसीयूमा जीवनका अन्तिम सास फेर्दै बाँचेका राम विनयले अत्यन्तै कारुणिक संस्मरण लेखेका छन् । 

आफ्नो परिवारमा भएको बज्रपात तथा आफूले सहनु परेको पीडाबारे उनले आफूलाई निचोरेर लेखेको बताएका छन्  । उनले भने, ‘अस्पतालमा रहँदा बाहिरबाट एक जना भाइको निधन थाहा पाएँ, बुबा र अर्को भाइको निधन अस्पतालबाट डिस्चार्ज भएपछि मात्र थाहा पाएँ  ।  घरमा सबैलाई कोरोना संक्रमण भएको पनि घर आएपछि थाहा पाएँ  । मैले आईसीयूमा हरेक पल जीवन र मृत्युको रेखामा संघर्ष गरें  ।’ 

कविता, नियात्रा तथा निबन्ध विधामा कलम चलाउने राम विनय साहित्य सन्ध्या, जनसाहित्य संघ लगायत संस्थामा आवद्ध छन्  ।  

उनले प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, रमेश विकल सम्मान, युद्धप्रसाद मिश्र सम्मान, प्रगतिशील लेखक संघ सम्मान आदि दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्  । 

पुनर्जन्म (संस्मरण) शिखा बुक्सले प्रकाशन गरेको हो  ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ