arrow

जसपा नेपालले क्रियाशिल सदस्य संख्यालाई पाँच लाख बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
jasapa-nepal-01-31.jpg

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पार्टीको क्रियाशिल सदस्य संख्यालाई ५ लाख बढी बनाउने गरी जनअभियान चलाउने भएको छ । मंगलबार ललितपुरमा बसेको केन्द्रिय समितिको बैठकमा जनस्तरमा जनअभियान चलाउनेबारेमा छलफल भएको हो । 

बैठकपछि पार्टीका नेता मनिष सुमनले पार्टीका सबै केन्द्रिय सदस्यहरु वृहत तयारीकासाथ आम जनतामा जाने बताए । उनले २१५ जना केन्द्रिय सदस्यलाई अभिमुखीकरण तालिम दिइरहेको र तालिम पार्टीकै र बाहिरका केही विज्ञहरुबाट दिइएको बताए ।

उनले महाधिवेशनपछिको पहिलो केन्द्रिय समिति बैठकपछि सबै केन्द्रिय सदस्यहरु प्रशिक्षित भइसकेपछि राजनीतिक, शिक्षा, स्वास्थ्य, कृषि, संविधान संशोधनसम्बन्धी ठोस धारणा बनाउने बताए । उनले आगामी ४ महिनासम्मका लागि सबै केन्द्रिय सदस्यहरुलाई कुनै न कुनै भुगोलको जिम्मेबारी दिएर पार्टीका सांगठनिक काममा खटाइने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ