जसपा नेपालले क्रियाशिल सदस्य संख्यालाई पाँच लाख बनाउने
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
598
Shares
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पार्टीको क्रियाशिल सदस्य संख्यालाई ५ लाख बढी बनाउने गरी जनअभियान चलाउने भएको छ । मंगलबार ललितपुरमा बसेको केन्द्रिय समितिको बैठकमा जनस्तरमा जनअभियान चलाउनेबारेमा छलफल भएको हो ।
बैठकपछि पार्टीका नेता मनिष सुमनले पार्टीका सबै केन्द्रिय सदस्यहरु वृहत तयारीकासाथ आम जनतामा जाने बताए । उनले २१५ जना केन्द्रिय सदस्यलाई अभिमुखीकरण तालिम दिइरहेको र तालिम पार्टीकै र बाहिरका केही विज्ञहरुबाट दिइएको बताए ।
उनले महाधिवेशनपछिको पहिलो केन्द्रिय समिति बैठकपछि सबै केन्द्रिय सदस्यहरु प्रशिक्षित भइसकेपछि राजनीतिक, शिक्षा, स्वास्थ्य, कृषि, संविधान संशोधनसम्बन्धी ठोस धारणा बनाउने बताए । उनले आगामी ४ महिनासम्मका लागि सबै केन्द्रिय सदस्यहरुलाई कुनै न कुनै भुगोलको जिम्मेबारी दिएर पार्टीका सांगठनिक काममा खटाइने बताए ।