arrow

अर्थमन्त्रीको निर्देशन- सरुवा बढुवाका लागि मन्त्री र नेताहरूलाई नभेट्नुस्

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन ३० बुधबार
bishnu-poudel-04-04.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा-बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरेका छन् । उनले सरुवा-बढुवामा अन्यथा भए मर्यादित ढङ्गले आफ्ना तर्कहरू राख्न आग्रह गरे । उनले सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए । उनले उनीहरू राष्ट्रको सेवा भन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहीत हुने बताए । 

उनले भने, ‘ पोस्टिङ जस्ता विषयमा अन्यथा भयो भने मर्यादित ढङ्गले आफ्ना तर्कहरू राख्नुहोला । तर नेता, मन्त्रीकहाँ मलाई यो ठाउँमा पठाइदिनुस् भनेर सोर्स लगाउन नजानु होला । सोर्स लगाउने कर्मचारीहरू क्षमताले जतिसुकै सक्षम भए पनि उनीहरू वास्तवमा निरीह र कमजोर हुन पुग्छन् । उनीहरू राष्ट्रको सेवा भन्दा पनि जसको सोर्समा पदस्थापन, बढुवा, सरुवा हुन्छन्, उनीहरू अनुगृहीत हुने स्थिति सिर्जना हुन्छ । त्यो बाटो नहिँड्नु होला ।’

राष्ट्रसेवकहरू सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताए। ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापन सम्बन्धी अधिकृत स्तरीय सेवा प्रवेश तालिम-२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे । 

उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरू बुझेर यथोचित ढङ्गले सम्बोधन गर्न निर्देशन दिए । उनले आफूलाई असल राष्ट्रसेवक प्रमाािण्त गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए । उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढङ्गबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे । उनले हाकिमको आदेश भन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ